logo

२०८२ भाद्र ३१ मंगलबार

logo
  • मंगलबार, ३१ भाद्र २०८२
  • मिस नेपाल वर्ल्ड २०२४ को उपाधि विजेता आस्माकुमारी केसी

    मिस नेपाल वर्ल्ड २०२४ को उपाधि विजेता आस्माकुमारी केसी

    • E24 Nepal
    • आइतबार, २० साउन २०८१
    1.1K
    SHARES
    मिस नेपाल वर्ल्ड २०२४ को उपाधि विजेता आस्माकुमारी केसी

    मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिएकी हुन। उनलाई मिस नेपाल २०२३ सृच्छा प्रधानले ताज लगाइदिएकी थिइन । त्यस्तै मिस नेपाल अर्थको उपाधि सुमन केसीले जितिन् भने मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले प्राप्त गरिन् ।
    काठमाडौं निवासी २६ वर्षिया आस्मा सोसल वर्कमा स्नातक अध्ययनरत छिन् । उनको उचाइ ५ फिट ५ इन्च छ ।
    २६ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गरेका उक्त फिनालेमा सबटाइटल विधातर्फ धेरै भोट ल्याएर अन्जना पुनले पपुलर च्वाइस, ऊर्जा नेवाले मिस फिटनेस, सिम्रिका मानन्धरले हेल्दी स्किन, साइरा खड्काले मिस भिजिनरी, प्रेरभिता स्वारले मिस कन्फिडेन्ट, सुमना केसीले मिस हाइजिन र अम्बिका राणाले ग्रीन भिजिनरी उत्कृष्ट भए । त्यस्तै मिस फोटोजेनिक श्रद्धासुमन सिलवाल, फार्मेसी फेस अफ द इयर आस्मा केसी, मिस इन्टलेक्चुअल दीक्षा अवस्थी र ब्युटी विथ अ पर्पस विधामा सुमना केसी विजयी भए । वुमन विथ द विंग्स विधामा किम्ती श्रेष्ठले जिते । उपाधिका लागि सेमिफाइनलमा आस्मा केसी, सिम्रिका मानन्धर, प्रेरभिता स्वार, श्रद्धासुमन सिलवाल, करुणा रावत र सुमन केसीबीच कडा प्रतिस्पर्धा भएको थियो ।
    फिनालेमा प्रियंकारानी जोशी, दिब्यदेव, शरद भेसवाकरसहितका ११ जना जजको रुपमा थिए । द हिडन ट्रेजरको आयोजना भएको समारोहमा पूर्व मिस नेपालहरुको उपस्थिती थियो । मिस माल्टाको टोलीसहित जापानबाट आएका मिस इन्टरनेसनलका कार्यकारी निर्देशक पनि फिनालेमा सहभागि थिए ।




    आइतबार, २० साउन २०८१
    सम्बन्धित समाचार
    Go