logo

२०८२ भाद्र ३१ मंगलबार

logo
  • मंगलबार, ३१ भाद्र २०८२
  • ‘वर एण्ड बधु’ को दोस्रो गीत ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक

    ‘वर एण्ड बधु’ को दोस्रो गीत ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक

    • E24 Nepal
    • आइतबार, २० साउन २०८१
    1K
    SHARES
    ‘वर एण्ड बधु’ को दोस्रो गीत ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक

    मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘वर एण्ड बधु’ को दोस्रो गीत ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा राजेश पायल राई तथा मेलिना राइको स्वर, अर्जुन पोखरेलको संगीत तथा मुक्ता उदासको शब्द रहेको छ । गीतको भिडियोमा विवाहको प्रतिस्पर्धामा होमिएका दुई परिवारको दोहोरी यो गीतमा प्रस्तुत गरिएको छ ।



    एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, बिजय लामा, रविन्द्र खड्का, श्रृष्टी खड्का, कुसुम शर्मा, अंशु महर्जन, विजु पार्की र गरिमा शर्माको अभिनय रहेको छ । जानुका थापाले निर्माृण गरेको यो फिल्ममा प्रदीप भारद्वजको कथा,सुदीप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, कविराज गहतराज र अनिसा स्याङ्देनको कोरियोग्राफी, हिमाल केसीको एक्सन रहेको छ ।

    यो फिल्म आगामी भदौको १४ गतेबाट रिलिज हुँदैछ ।


    आइतबार, २० साउन २०८१
    सम्बन्धित समाचार
    Go