गत साउन ९ गते अभिनेता भुवन केसीको कार्यकाल सकिएपछि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन माग गरेको छ । बुधबार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकलाई दरखास्त पेश गर्न आह्वान गरिएको हो । दरखास्त दिने व्यक्ति ३५ वर्ष पूरा भएर ६५ वर्ष ननाघेको हुनुपर्नेछ । अध्यक्षको लागि आवेदन माग संगै फिल्म क्षेत्रमा दौडधुप शुरु भएको छ । कोही अध्यक्ष पाउछु भनि ढुक्क भएर वसिरहेका छन भने कोही चाही पद पाउनको लागि नेताहरुको घर दैलो अभियानमा लागेका छन । अध्यक्षका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा स्नातक तह उत्तीर्ण गरेर नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर कम्तीमा दश वर्ष कार्य गरेको वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन एवं प्रवर्द्धनमा कम्तीमा दश वर्ष कार्य गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।
प्रचलित कानून बमोजिम नियुक्त हुन अयोग्य नठहरिएको र कुनै विदेशी मुलुकको स्थायी आवासीय पत्र नभएको स्वःघोषणा गरेको हुनुपर्ने पनि उल्लेख छ । आवेदन दिनेले ५ हजार शब्दको व्यावसायिक कार्ययोजना पनि पेश गर्नुपर्नेछ । उम्मेदवारले पेश गरेको कार्य योजना, प्रस्तुतिकरण र अन्तर्वार्ताको मूल्याङ्कनको आधारमा अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गरिने जनाइएको छ ।
हुन त बोर्ड अध्यक्षका लागि मन्त्रालयले गरेको आवेदन माग देखाउने दाँत मात्र हो । बोर्ड अध्यक्ष हुन नेता र मन्त्रीको आशीर्वाद आवश्यक पर्छ । सायद यहि कारणलेपनि एमाले समर्थित फिल्मकर्मीहरु यतिवेला अध्यक्षका लागि लबिङ गरिरहेका छन् । वाहिर आएको हल्लालाइ आधार मान्ने हो भने यतिवेला करिश्मा मानन्धर, दिनेश डिसी, नरेन्द्र महर्जन लगायतले अध्यक्षका लागि लबिङ गरिरहेका छन् ।
© 2025: E24Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd