logo

२०८२ कार्तिक २८ बिहिबार

logo
  • बिहिबार, २८ कार्तिक २०८२
  • ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक

    ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक

    • E24 Nepal
    • शुक्रबार, १५ असार २०८१
    910
    SHARES
    ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक

    आगामी असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
    सार्वजनिक गरिएको ट्रेलरमा एक युवाले बिहेको लागि गर्ने संघर्षदाइ देखाइएको छ । को वरिपरि चलचित्रको कथा घुमेको छ । यो फिल्ममा मगर समुदायको संस्कार तथा संस्कृतिमा आधारित ‘घरज्वाइँ’ प्रथाको बारेमा जान्ने र बुझ्ने अवसर प्राप्त हुने निर्माण टिमले वताएको छ ।
    जनक घर्ती मगरले निर्माण गरेको यो फिल्मलाइ अनिल वुढा मगरले निर्देशन गरेका हुन । फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्गबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगरको अभिनय रहेको छ ।
    जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्ममा निर्देशक स्वयमको कथा,सुसन प्रजापतिको छायांकन, अनिल वुढा मगर,विनोद खतिवडा र सुभाष कोइरालाले पटकथा तथा संवाद, हर्क साउद र मनोज थापाको शब्द तथा संगीत र कृष्ण भण्डारीकोे सम्पादन रहेको छ ।




    शुक्रबार, १५ असार २०८१
    सम्बन्धित समाचार
    Go