logo

२०८२ भाद्र ३१ मंगलबार

logo
  • मंगलबार, ३१ भाद्र २०८२
  • ‘नमेटिने घाउ’ मा ओलीले गरे डबिङ

    ‘नमेटिने घाउ’ मा ओलीले गरे डबिङ

    • E24 Nepal
    • आइतबार, २० साउन २०८१
    988
    SHARES
    ‘नमेटिने घाउ’ मा ओलीले गरे डबिङ

    प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘नमेटिने घाउ’ मा आफुले गरेको अभिनयको डबिङ गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार स्टुडियोमा उपस्थिति भएर डबिङ गरेका हुन् । अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित फिल्म ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र राप्रपा नेता ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ । एसिड सर्भाइभरहरुको बास्तविक जीवनीमा आधारित यो फिल्ममा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाईएको छ ।
    फिल्ममा शिवम् अधिकारीको कथा रहेको छ ।
    रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा,सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा,लालना चिमोरिया,स्वस्तीमा कार्की, लिजा कोरानी,एलिसा गुरुङ,बिशाल देबकोटा ,आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ । साथै सुरवीर पण्डित, सुनील कटुवाल प्रहरी उपरीक्षकद्वय बाल नर्सिहॅ राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जे,आर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ।




    आइतबार, २० साउन २०८१
    सम्बन्धित समाचार
    Go