शुक्रवार देखि दुइ नेपाली फिल्म मोदीवेनी र शिरफुल प्रदर्शन भैरहेको छ । देशभर प्रदर्शनमा आएको मोदी वेनीले पहिलो दिन एक सय भन्दा धेरै शोहरू प्राप्त गरेको छ । रिलिजको दुई दिन अघि बुधवार ‘मोदीबेनी’को प्रिमियर शो आयोजना गरिएको थियो। एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा रहेको यो चलचित्रमा यसको विषय, रहेका थ्रिल र ‘सरप्राइजिङ’ दृश्यहरूले प्रिमियरमा उपस्थितलाई उत्साहित बनाएको थियो। चलचित्रलाई प्रिमियरबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको थियो।
शङ्कर कोइरालाले निर्देशन गरेको चलचित्रमा वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठको जोडीलाई रुचाइएको छ भने रेजिना उप्रेतीको नौ वर्षपछिको कमब्याकको पनि तारिफ गरिएको छ। यो चलचित्रमा वर्षा, अमर, रेजिनाको साथमा, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, शेर बहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ।
यसै गरि हिजो वाट नै प्रदर्शन भएको अर्को फिल्म हो शिर फुल । फिल्मलाइ कमल एक्चाइ मगर ले निदेृशन गरेका छन । ‘शीरफूल’ पनि रिलिज भएको छ । सीमित हलमा मात्र रिलिज भएको यो फिल्ममा रुपा राना, राज थापा, मरिस्का पोखरेलको अभिनय छ । मगर समुदायको संस्कृति र सम्बन्धको कथावस्तुमा फिल्म बनेको छ ।
© 2025: E24Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd